ब्रस गर्दा नगर्नुहोस् यी गल्ती, नत्र कमजोर हुनसक्छ दाँत

काठमाडौँ । हामीलाई बिहान बेलुका दाँत माझ्न सिकाइन्छ तर कति टूथपेस्ट लिने भन्ने विषयका बारेमा बाल्यकालमा कसैले केही भनेको थियो त ?

अमेरिकास्थित सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनको एक अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रशमा मटरको दाना जति टूथपेस्ट हाल्नुपर्छ।

Advertisement

दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ। शुक्रवार जारी अध्ययनअनुसार, लगभग ४० प्रतिशत अभिभावक आफ्ना सन्तानलाई निर्धारित मात्राभन्दा बढी टूथपेस्ट दिन्छन्।

दाँत उम्रिने बेला भएका बच्चालाई कम टूथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टूथपेस्ट दिँदा उनीहरूलाई डेन्टल फ्लुओरोसिस हुन सक्छ । यो अध्ययन १७ सय बालबालिकामाझ गरिएको थियो।

अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टूथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ । तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाइदिन्छ।

साना बच्चाका लागि टूथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टूथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो। दाँतमा त्यसले पनि असर पार्छ।

अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ। यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ।

यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ। दन्तचिकित्सक भन्छन्, ‘दिनको दुईचोटि दाँत माझ्नु जरूरी छ। पहिलो दाँत आउनेबित्तिकै बच्चाको दाँत सफा गर्न थाल्नुपर्छ। प्रायः ६ महिनामा पहिलो दाँत आउँछ तर त्यतिखेर ब्रश गराउन सकिएन भने मुलायम सूती कपडाले दाँत सफा गर्नुपर्छ।’

धेरै मानिसमा दाँतको एउटा न एउटा समस्या हुन्छ।

यी तीन सूत्रलाई पालना गरेमा दाँतलाई स्वस्थ राख्न सकिन्छः

हरेक दिन आफ्नो मुख र दाँतको अवस्था आफैं जाँच्ने।

दन्तचिकित्सककहाँ नियमित जाने।

सरसफाइ र पौष्टिकतामा ध्यान दिने।

More News last news
Loading...