यो वर्षको उमेरमा नगर्नुहोस् बच्चाको प्लान, नत्र बच्चा अपांग जन्मिने खतरा

काठमाडौँ । २५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ। तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन्। अर्थात् सन्तान भन्दा करिअर र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रबृत्ति बढ्दो छ।

काबु बाहिरको परिस्थितिका कारण पनि कतिपय दम्पत्तीको ढिलो सन्तान हुने गरेको हुन्छ । विज्ञहरुका अनुसार सन्तान जन्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वास्थ्यमा थप समस्या र संकट ल्याउनु हो।

Advertisement

बच्चा जन्माउदा ढिलाई गर्नु यसकारण अस्वथ छनौट होःउमेर बढ्दै जाँदा उर्वरता घट्छतपाईँको उमेर बढ्दै जाँदा महिलाको ओभरीमा हुने अण्डा क्रमशः घट्दै जान्छ।

यसको अर्थ तपाईँले गर्भाधारण गर्न जति ढिलाई गर्नुहुन्छ, त्यति नै तपाईले आफूलाई बाभोपन तर्फ धकेलिरहनु भएको छ। महिलाले ३० वर्ष पुगेपछि कम अण्डा निस्कासन गर्ने भएकोले गर्भधारण गर्न कठिन हुन्छ । यतिबेला जतिसुकै असुरक्षित यौनसम्र्पक गरेपनि महिला प्रजनन कोषमा फर्टिलाइजेसन हुने सम्भावना न्यून हुन्छ।

यसबाहेक उमेर बढेसँगै अन्डलाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबहरुसमेत साँघुरा र कतिपय अवस्थामा बन्द हुने गर्छ। जसका कारण जतिसुकै प्रयत्न गरे पनि गर्भाधारण हुँदैन।

अपांंगताको खतराविज्ञानको चमत्कार र स्वास्थ्य क्षेमा भएको प्रगतिसँगै गर्भधारण गर्न उमेरको तगारो विस्तारै हटेपनि ३५ वर्ष पुगेपछि जन्माएको सन्तानमा अपांगता लगायत विभिन्न समस्याहरु देखिन्छन्।

असामान्य क्रोमोजोमका कारण ३० वर्षको उमेरमा बच्चा जन्माउदा १ हजार शिशुमा हरेक १ एउटा शिशु जन्मदै सुस्त मनस्थिति हुने गर्छन्। त्यस्तै, चालिस वर्ष सो भन्दा बढी उमेरमा सन्तान जन्माउदा १ सय जनामध्ये एक जनामा डाउन सिन्ड्रोम समस्या देखिन्छ। तसर्थ बच्चाहरु लुलो लंगडो, अपांग, सुस्त मनस्थित लगायतका अधिकांश समस्या पाको उमेरमा सन्तान उत्पादनको उपज हो ।

३० वर्षपछि पहिलो गर्भाधारण हुँदा तुहिने वा पेटमा नै बच्चा मर्ने खतरा हुन्छ। तसर्थ आफू र आफ्नो परिबारको स्वास्थ्य भन्दा ठूलो करिअर र पढाई हुन सक्दैन। बच्चा जन्माउन निकै गाहोसुत्केरी हुने बेलामा पनि उमेर छिप्पिएर गर्भाधारण गरेका महिलालाई निकै कठिनाई र पिडा हुने विज्ञहरु बताउँछन्।

कि त उनीहरुलाई व्यथा लामो हुन्छ वा निकै तीब्र पीडा हुन्छ । त्यस्तो बेला उनीहरुलाई सी सेक्सनको आवश्यकता पर्न सक्छ। उमेरसँगै भ्रूण राख्ने पाठेघर पनि बुढो हुँदै जान्छ र २० वर्षको उमेरमा जस्तो यसले प्रभाकारी रुपमा काम गर्दैन। मातृ स्वास्थ्य खराबपाको उमेरमा गर्भाधारण गर्दा महिलामा अन्य समस्याहरु पनि हुन्छन् ।

जस्तै उनीहरुमा डायविटिज, उच्च रक्त चापको समस्या हुन सक्छ । मुटु, रक्तचाप, सुगरका विरामीलाई गर्भधारण गर्न निकै कठिन हुन्छ ।

उनीहरुले जन्माएको शिशु पनि अस्वस्थ हुने खतरा त छँदैछ ९ महिनासम्म गर्भाधारणको समयमा पनि विभिन्न पीडा हुने गर्छ। वंशानुगत समस्याका कारण पहिलोे बच्चा अपांग भयो भने दोस्रो सन्तान पनि त्यस्तै हुने २५ प्रतिशत सम्भावना हुन्छ।

र, पाको उमेरमा गर्भाधारण गर्दा त यो समस्या झनै बढी हुन्छ। तसर्थ पहिलो बच्चामा वशांनुगत समस्या छ भने दोस्रो सन्तान जन्माउँदा चिकित्सकसँग वंशानुगत परामर्श लिनुपर्छ।

More News last news
Loading...