ब्लड क्यान्सर हुनुअघि शरीरले दिन्छ यी संकेत, यी लक्षणलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । कुनै पनि समस्या हुनुअघि हाम्रो शरीरले विभिन्न संकेत प्रदान गर्छ। तर हामीले त्यस्ता लक्षणलाई वेवास्ता गर्न हुँदैन्।त्यसै क्रममा ब्लड क्यान्सर हुनुअघि शरीरले पूर्व संकेत दिने गर्छ। हामीले ती पूर्व संकेतलाई समयमै पहिचान गर्न सकियो भने ब्लड क्यान्सरको उपचार सम्भव हुनसक्छ।

के के हुन् त ब्लड क्यान्सरका पूर्व संकेत ?

Advertisement

श्वासप्रश्वासमा समस्या

केही प्रकारका ल्यूकेमियाले रातो रक्त कोशिकाको उत्पादनमा बाधा पुर्याउने गर्छन्। यो कोशिकाले शरीरमा सबै कोशिकासम्म रगत पुर्याउने काम गर्छ।

जब रातो रक्त कोशिकामा कमी हुन थाल्छ। तब श्वास प्रश्वासमा समस्या देखिन शुरु हुन्छ। यद्यपी श्वास प्रश्वासको समस्या फोक्सोको क्यान्सरको लक्षण पनि हुनसक्छ।

थकान र कमजोरी

थकान र कमजोरी रगतको कमी एनिमियाको पनि हुनसक्छ। तर तपाईले यस्ता संकेत देखिए भने तुरुन्त डाक्टरको सल्लाह हुन आवश्यक छ।

रगतमा रेड ब्लड सेल्सको कमीका कारण थकान र कमजोरी हुन थाल्छ। राम्रो खानपानका बावजुत तपाईलाई सधैँ थकान महशुस हुन्छ भने सतर्क रहनु राम्रो हुन्छ।

त्वचामा गहिरो निसान देखिनु

क्यान्सर ट्रिटमेन्ट अफ अमेरिकाका अनुसार त्वचामा कुनै कारण बिना गहिरो निशान देखिनु खतराको घण्टी हो। यस प्रकारको निशान प्लेटलेट कम हुँदा वा रगत एकै ठाउँमा गएर बस्दा हुने गर्छ। यो चिन्ह हात वा खुट्टामा देखिने गर्छ।

छालामा सानो दाग देखिनु

शरीरका कुनै भागमा साना साना गोलो दाग देखिनु पनि ब्लड क्यान्सरको संकेत हुनसक्छ। यस्तो दाग प्लेटलेट काउन्ट कम भएका कारण हुने गर्छ। जसले ब्लड क्यान्सरको संकेत दिने गर्छ।

नाकबाट रगत बग्नु

चोट पटक बिनानै नाकबाट रगत बग्नु पनि गम्भिर रोगको संकेत हुनसक्छ। यस्तो समस्या प्लेटलेटको कमीका कारण हुने गर्छ। जसले क्लड क्यान्सरको संकेत दिने गर्छ।

ब्लड क्यान्सरका अन्य लक्षण

यस बाहेक ब्लड क्यान्सरका संकेतमा गिजा दुख्नु, सधैँ पेट फुल्नु, पेटको माथिल्लो भागको बायाँ तर्फ पीडा हुनु, ज्वरो आउनु, राति सुतेको समय पसिना आउनु, टाउँको दुख्नु, छालाको रङमा परिवर्तन आउनु, हड्डी दुख्नु, साधैँ इन्फेक्सन देखिनु आदी पर्छन्।

ब्लड क्यान्सरबाट बच्न के गर्ने ?

नियमित रुपमा व्यायाम गर्नुहोस्

अनुशासित स्वस्थ जीवन शैलीको पालना गर्नुहोस्

जडी बुटि र किटनाशकबाट टाढा रहनुहोस्

स्वस्थ भोजन गर्नुहोस् र धैरै पानी पिउनुहोस्

चिकित्सकको सल्लाह बिना औषधिको प्रयोग नगर्नुहोस्

More News last news
Loading...