काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ।
त्यस्तै हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
