काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन्।
यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० जना पुगेको छ। होम आइसोलेसनमा ३५ हजार ७५ जना, संस्थागत आइसोलेसनमा २८७५, आईसीयूमा ६५७ तथा भेन्टिलेटरमा १९३ जना रहेका छन्।
कोभिड-१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कोभिड-१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
