काठमाडौँ । मौसम परिवर्तनपछि सबैभन्दा धेरै असर छालामा पर्ने गर्दछ। आज हामी तपाईलाई खुट्टालाई गोरो र चम्किलो बनाउने केही उपायका बारेमा जानकारी दिदैछौँ । तपाईले आफ्नो खुट्टालाई आफ्नो घरमै सुन्दर र आकर्षक बनाउन सक्नुहुनेछ।
तपाईले कागतीको रसलाई मनतातो पानीमा राखेर त्यसलाई ठूलो भाँडोमा खनाउनुहोस्। त्यसपछि उक्त पानीमा तपाईले आफ्नो खुट्टालाई केही बेर आराम बस्नुहोस्।
केही बेरपछि तपाईले पानीबाट खुट्टा निकालेर राम्रोसँग मिचेर धुनुहोस्। यसो गर्दा खुट्टाको फोहोर हटेर जान्छ र तपाईको खुट्टा गोरो र आकर्षक हुने गर्दछ।
तपाईले अर्को तरिकाबाट पनि आफ्नो खुट्टा चम्काउन सक्नुहुनेछ। तपाईले आफ्नो खुट्टामा मह लगाएर राम्रोसँग मसाज गर्नुहोस्। केही समयपछि सफा पानीले यसलाई धुनुहोस्। यसो गर्दा पनि तपाईको खुट्टा चम्किन सक्छ।
तपाईले चिनीको स्क्रबबाट पनि खुट्टालाई गोरो र चमकदार बनाउन सक्नुहुनेछ। खुट्टामा चीनीको स्क्रमब लागाउनुहोस् । त्यसको केही बेरपछि त्यसलाई सफा पानीले सफा गर्दा पनि तपाईको खुट्टाको फोहोर हटेर जाने गर्दछ।
कालो खुट्टा गोरो बनाउनका लागि यो उपाय निकै लाभदायिक मानिन्छ। यो उपाय तपाईले घरमै बसेर गर्नसक्नुहुनेछ । पार्लर गएर पैसा र समय खेर फाल्नु पर्दैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
