काठमाडौँ । जीवनमा मानिसहरुका थुप्रै मानसिक र शारीरिक समस्याहरु आइपर्छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भएको लकडाउन र भाइरसको महामारीले विश्वभर नै मानिसहरु तनाव झेलिरहेका छन्।
तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ। मानसिक तनावका कारण मानसिक रुपमा नै अस्वथ हुने भएको यसको समयमा नै तनाव कम गर्ने उपायहरु खोज्न आवश्यक छ। तनाव कम गर्नका लागि आफैले केही पहलहरु गर्न सकिन्छ। जस्तैः
किताब पढ्ने
पुस्तक कुनै पनि व्यक्तिका लागि असल साथी मानिन्छ । व्यस्तताका कारण पछिल्लो समय मानिसहरुले किताब पढ्न छोड्दै गएका छन् ।
किताब पढ्ने बानीले दिमागलाई शान्ती मिल्छ। अनावश्यक सोचाईबाट समेत बचाउँछ । त्यसैले तनावबाट बच्न आफूलाई मन पर्ने बिद्याको पुस्तक पढ्ने गर्नुपर्छ।
घरपालुवा जनावर
आफूलाई अत्यधिक तनाव हुन्छ। चिन्तामुक्त हुन सक्नुभएको भने बच्चा वा घरपालुवा जनावरसँग समय बिताउनुस्। जसले तपाईंलाई मानसिक सन्तुष्टि प्रदान गर्छ। घरमा खरायो, कुकुर, बिरालो जस्ता जनावर पाल्ने, पन्छीहरु पाल्ने गर्दा दिमाग ताजा रहन्छ।
टीभि सो वा वेभ सीरिज
एक्लोपन र मानसिक तनाव कम गर्न विभिन्न प्रकारका टेलिभिजन शो तथा वेभ सीरिज हेर्ने गर्नुपर्छ। जसले तपाईंलाई मनोरञ्जनका साथै दिमागमा अनावश्यक कुराहरु खेल्न दिँदैन।
खेल खेल्नुस्
मोबाइल, ल्यापटप र कम्प्युटरमा सजिल्यै खेल्न मिल्ने खेलहरु खेल्नुस्। एक्लोपनको अनुभव भएको खण्डमा यस्ता खेलहरुले दिमागमा अनावश्यक कुरा थपिन दिँदैन।
आफन्तसँग कुराकानी
मानसिक तनाव कम गर्नका लागि सबैभन्दा उत्तम उपाय आफन्तसँग कुराकानी गर्नु नै हो। आफ्ना मनमा आएका विभिन्न उल्झनहरुलाई आफूले भरोसा गर्ने व्यक्तिलाई सुनाउँदा मन हल्का हुने गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
