हरियो तरकारी मध्ये सबैभन्दा बढी फाइदाजनक हुन्छ कर्कलोको पात

काठमाडौँ । हामीले खाने हरियो साग, तरकारी मध्ये कर्कलोको साग पनि पर्छ। कर्कलोको साग सजिलै भेटेपनि अन्य साग जस्तो लोकप्रिय भने छैन।

कर्कलोको सागको बारेमा थाहा नभएको सायदै कोहि होलान् तर पनि कर्कलोको साग भने हामीले आफ्नो नियमित भोजनमा त्यसलाई समावेश गर्दैनौँ।

Advertisement

किनभने कर्कलोको साग अन्य सागभन्दा बनाउँदा र खाँदा कोक्याउने हन्छ। कर्कलोको साग हाम्रो स्वास्थ्यको लागि अन्य साग वा तरकारी भन्दा बढी फाइदाजनक हुन्छ।

कर्कलोको पात खानाले धेरै प्रकारका रोगबाट हामी बच्न सक्छौँ। कर्कलोको सागमा भिटमिन ए ,बी, र सी, क्याल्शियम, प्रोटीन, पोटाशियम, आइरन, कार्बोहाइड्रेट र ऐन्टी–अक्सिडेन्ट भरपूर मात्रामा पाइन्छ।

कर्कलोको पातमा भिटमिन ए आँखाको लागि फाइदाजनक हुन्छ। यसले आँखाको रोशनी बढ्छ र मांसपेशिहरु पनि बलियो हुन्छ। साथै भिटमिन सी ले अनुहारको चाउरीपना कम गर्नमा मद्दत गर्छ।

क्याल्शियम हड्डिको निर्माण वा बलियो बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यदि तपाई कर्कलोको पात सेवन गर्नु हुन्छ भने त्यसले मोटोपन पनि नियन्त्रण गर्नमा मद्दत गर्छ। किनकी कर्कलोको पातले भोक लाग्न दिदैँन।

साथै यसमा पाइने फाइबरले मेटाबोलिज्मलाई पनि सक्रिय बनाउँछ जसले शरीरको तौल सँधै नियन्त्रणमा रहन्छ। त्यति मात्र नभई कर्कलोको पातको सेवनले जोर्नीको दुखाईमा पनि राहत प्रदान गर्छ। कर्कलोको पातलाई बेसनमा पकौडा बनाएर खानु पनि फाइदाजनक हुन्छ।

More News last news
Loading...