यी ५ गल्तीले बनाउँछ तपाईको दाँतलाई पहेँलो र कमजोर, यी घरेलु उपाय अपनाउनुहोस्

काठमाडौँ । धेरैजसो व्यक्तिहरु आफ्नो दाँतको स्वास्थ्यतर्फ त्यति ध्यान दिदैनन्। तपाईलाई जानकारी हुनुपर्दछ कि हरेक दिन सिर्फ एक पटक मात्र ब्रश गर्नाले दाँतको देखभाल राम्रोसँग हुने गर्दैन।

यसको लागी खाने पिउने देखि लिएर सर सफाइ सम्म सबै चिजहरुको ध्यान राख्नु असाध्यै जरुरी हुन्छ । दिनहुँ गरिने यस्ता कैयौँ गल्तीले तपाईको दाँतलाई खराब बनाउन सक्छ । आउनुहोस् जानौँ के हुन् त त्यस्ता गल्ती ?

Advertisement

आइस्ड टि : गुलियो खालको सोडा र चिसो पेयपदार्थले तपाईको दाँतमा भएको इनेमललाई सखाप पार्दछ । तर आइस्ड टि ज्यादै खतरनाक हुन्छ । अधिंकाश आइस्ड टिमा मैलिक एसिड हुने गर्दछ । स्ट्रोबेरीमा एक कार्बनिक यौगिक पनि पाइन्छ जुन दाँतको लागी सही हुँदैन ।

धेरै स्विमिंग गर्नु : यसो गर्नाले भलै तपाईको सास फ्रेश हुने गर्दछ तर माउथवाशको कुनै तत्व खाद्दपदार्थको यौगिमा प्रतिक्रिया गर्न सक्छ । जसले गर्दा हाम्रो दाँतको रंग फरक नजर आउन थाल्छ । तपाईले यस्तो माउथवाशको सेवन गर्नुहोस् जसमा क्लोरहेक्ुिडाइन या त निलगिरी तत्व सामिल नभएको हुन्छ । र सुत्नुभन्दा अगाडि सबैभन्दा पहिले आफ्नो मुख कुल्ला गरेर सुत्नुहोस् ।

फर्म टुथब्रशको उपयोग गर्नुहोस् : खराब टुथब्रशको उपयोग गर्नाले तपाईको दाँत सेतो हुँदैन । धेरै छिटो ब्रश गर्नाले तपाईको दाँत कमजोर हुने गर्दछ । सँधै नरम टुथब्रशको उपयोग गर्नुहोस् ।

खानामा अधिक मसालाको उपयोग : खानामा मसाला मिसाउँदा अलग स्वाद आउने गर्दछ जसले गर्दा दाँत कमजोर हुने गर्दछ । मसालाले तपाईको दाँतलाई पहेँलो बनाउँदछ । यदि तपाई सादा भोजन गर्न मनपराउनुहुन्न भने तपाई आफ्नो भोजनमा यस्ता जडिबुटिको साथमा मसाला मिसाउनुहोस् जसले तपाईको दाँतलाई फाइदा पुरयाउन सकोस् । जस्तो कि थाइम, बेसार या त दालचिनी ।

दाँतको पहेँलोपन हटाउने यस्ता छन् उपाय

खाने सोडा : खाने सोडा (बेकिङ सोडा)को प्रयोग दाँत सफा गर्ने सबैभन्दा सजिलो विकल्पमध्ये एक हो । बेकिङ सोडाले दाँतमा भएको फोहोर निकाल्ने गर्छ । जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ । यसका लागि टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्न सकिन्छ । यसमा कागती मिश्रण गरेर पनि मुख कुल्ला गर्न सकिन्छ । बेकिङ सोडालाई पानीमा घोलेर तयार पारेको मिश्रणले हप्ताको दुई दिन दाँत रगड्नुपर्छ, दाँत सफा हुन्छन् ।

कागती : दाँतको पहेँलोपनबाट छुटकारा पाउन कागती प्रमुख अस्त्र हो । त्यसका लागि कागतीको रसमा नुन मिसाएर दाँतमा लगाउन सकिन्छ । र, केही समयपछि कुल्ला गर्न सकिन्छ । दुई हप्तासम्म लगातार यसो गर्दा दाँतको पहेँलोपन सफा भएर जाने गर्छ ।

नरिवलको तेल : नरिवलको तेल धेरै कुरामा फाइदाजनक छ । यो कपाल र अनुहारका साथसाथै स्वास्थ्यका लागि पनि निकै उपयोगी छ । त्यति मात्र नभएर, यसको प्रयोगले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्नुहुन्छ ।

त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ । साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छन् । लोकमत न्युज हिन्दीबाट अनुवाद गरिएको सामाग्री

More News last news
Loading...