असल बुहारी बनेर सबैको मनमा राज गर्न मन छ ? उपनाउनुहोस् यी उपाय

काठमाडौँ । विवाह गरिसकेपछि श्रीमानको परिवारसँग राम्रो सम्बन्ध बनाउनु सबैभन्दा चुनौतीपूर्ण हुने गर्दछ। यद्यपी यो चुनौती श्रीमान् र श्रीमती दुबैको लागि हुने गर्दछ तर महिलाहरुलाई यो चुनौती अलि बढि हुने गर्दछ।

अनुसन्धानका आधारमा करिब ६० प्रतिशत विवाहमा सासू र बुहारी एक-अर्काको तनावको स्रोत बन्ने गर्दछन् । सासुको अनावश्यक हस्तक्षेपका कारण धेरैजसो तनाव पैदा हुने गर्दछ।

Advertisement

यो स्थितिलाई राम्रो बनाउनका लागि सबैभन्दा राम्रो तरिका भनेको तपाईंको सकारात्मक सोच र त्यसबाट प्रेरित व्यवहार र आफ्नो सासुप्रति सम्मान देखाउने नै हो।

आउनुहोस् हामी तपाईंलाई केहि यस्ता टिप्सहरु दिन्छौँ जसलाई आत्मसात गर्दा तपाईं आफ्नो सासुसँगको सम्बन्ध राम्रो बनाउन सक्नुहुनेछ।

१) सकारात्मक सोचः जसरी बुहारी बन्नु तपाईंका लागि एउटा नयाँ अनुभव हो तपाईंको सासुका लागि पनि यो बिल्कुलै नयाँ अनुभव हुने गर्दछ। आफ्नो सासुप्रति सदैव सकारात्मक सोच राख्नुहोस्।

२) समानताः आफ्नो सासु र आमालाई समान दृष्टिले हेर्नुहोस्। यदि तपाईं आफ्नी आमालाई उनको जन्मदिनमा केहि उपहार दिनुहुन्छ भने आफ्नी सासुलाई पनि उनको जन्मदिनमा उपहार दिनुहोस्।

३) सम्मानः आफ्नो सासुलाई निकै सम्मान दिनुहोस्। उनको उमेर तपाईंभन्दा धेरै भएकाले उनको अनुभवलाई महत्व दिनुहोस्। तपाईंकी सासुले उनको जीवनमा धेरै समस्या झेल्नु परेको थियो होला, यस्तो विषयमा सासुसँग कुराकानी गर्नुहोस्।
तपाईंकी सासुले उनको विगतको बारेमा केहि बताउँछिन् भने यसले तपाईंहरुबिचको सम्बन्ध बलियो बनाउनमा मद्दत गर्दछ।

४) आशाः जुन परिवारमा तपाईंको विवाह भएको छ त्यो परिवारको बारेमा जान्न केहि समय लाग्ने गर्दछ। धेरैजसो परिवारमा बुहारीहरुको भव्य स्वागत हुने गर्दछ तर यस्तो भएन भन्दैमा निराश हुनु पर्दैन। आफ्नो नयाँ परिवारका सदस्यलाई बुझ्नका लागि समय लिनुहोस्।

५) शिष्ट रहुनहोस्ः जब तपाईंकी सासु घरमा हुनुहुन्छ भने उनी प्रति शिष्ट व्यवहार गर्नुहोस् । उनीसँगै बस्नुहोस् र कुराकानी गर्नुहोस्। उनलाई शहर घुमाउनु होस् ।

यदि उनले तपाईंलाई खाना बनाउनमा सहयोग गर्न खोजेमा उनलाई सहयोग गर्न दिनुहोस्। यसो गर्नाले तपाईं र सासुको सम्बन्ध राम्रो हुने गर्दछ। यदि तपाईंको सासुलाई घरको काम गर्न मन लाग्दैन भने तपाईं खाना बनाउन र घरको अरु काममा श्रीमानको सहयोग लिन सक्नुहुनेछ।

६) सूचनाः आफ्नी सासूलाई हरेक कुराको जानकारी दिनुहोस्। केहि कार्यक्रम भएमा सासूबुहारी सँगै मिलेर योजना बनाउनुहोस् र दुबैको संलग्नतामा यसलाई रोमाञ्चक पनि बनाउनुहोस्।

७) सल्लाहः तपाईंको सासुसँग निकै वर्षको अनभव हुने गर्दछ, त्यसकारण उनीबाट सल्लाह लिन नहिच्किचाउनुहोस्। उनको सल्लाहमा सहमत नभएपनि उनको सल्लाह सुन्नुहोस् र उनीप्रति सम्मान प्रकट गर्नुहोस्। उनको कुनै पनि सल्लाहलाई व्यक्तिगत हमला नठान्नुहोस्।

८) बच्चाः आफ्नी सासुलाई बच्चाको स्याहार गर्न दिनुहोस्। धेरै पटक आफ्नो सन्तानभन्दा सन्तानको सन्तान महत्वपूर्ण हुने गर्दछन्। यदि तपाईंको सासुका कारण तपाईंको बच्चा समयमा सुत्न पाउँदैन अथवा धेरै चक्लेट खाने गर्दछ भने, उनलाई यस्तो गर्न दिनुहोस्।

More News last news
Loading...