नेपालमा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि, २४ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

Advertisement

यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन्। नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९०।७ प्रतिशत रहेको छ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ। हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ।

More News last news
Loading...