काठमाडौँ । उमेर बढ्दै जाँदा शरिरको डाइजेशन कमजोर हुन थाल्छ। ३० वर्ष पार गरिसकेपछि शरीरले राम्रोसँग डाइटमा भएका सबै क्याल्शियमलाई ग्रहण गर्न सक्दैन।
जसले गर्दा शरीरमा क्याल्शीयमको कमीको हुने खतरा अत्यधिक रुपमा बढेर जाने गर्छ। त्यसैले, ३० वर्षको उमेरमा चल्दै गर्दा आफ्नो खानाबाट क्याल्शियमको कमीलाई पुरा गर्नुपर्छ। त्यसका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्न सकिन्छः
तिल: दैनिक दुई चम्चा भुटेको तिल खान सक्नुहुन्छ। जसबाट शरीरले प्रयाप्त मात्रामा क्याल्शियम प्राप्त गर्छ। स्वादअनुसार तिलको चक्की या लड्डु बनाएर पनि खान सक्नुहुन्छ।
कागती पानी: साँझको समय दैनिक रुपमा एक गिला कागति पानी पिउँदा स्वास्थ्यले निकै लाभ उठाउन सक्छ । कागति पानीबाट भिटामिन–सी पाइन्छ। जसले क्याल्शियम शेषण गर्दामा मदत गर्छ । त्यस्तै, दैनिक एक अमिलो फल खादा पनि स्वास्थ्यमा फाइदा पुग्छ।
जीराको पानी : दुई गिलास पानीमा एक सानो चम्मचा जिरा भिजा राखेर रातभर छोडिदिनुहोस्। र, विहान त्यसलाई उमाल्नुहोस्। तयसपछि छानेर पिउन सक्नुहुन्छ । यसो गर्दा शरिरले प्रयाप्त मात्रामा क्याल्शियम प्राप्त गर्न सक्छ।
विहानको घाम : विहान आठ बजेभन्दा अघिको घाममा दैनिक १० मिनेटसम्म बस्दा पनि स्वास्थ्यलाई कैयौँ फाइदा पुग्छ । यसो गर्दा शरिरमा भिटामिन डीको मात्रा बढेर जान्छ । जसको कारण शरिरको सहजै क्याल्शीयम ग्रहण गर्ने क्षमता बढेर जाने गर्छ ।
हरियो तरकारी : ब्रोकाउली, सिमी, काँक्रा जस्ता हरियो तरकारीको पनि नियमित सेवन गर्न आवश्यक हुन्छ। यस्ता तरकारीमा म्याग्नशियमको मात्रा बढी हुन्छ । यस्ता तरकारीले पनि शरिरको क्याल्शियम ग्रहण गर्ने क्षमतालाई बढाएर लैजान्छ।
शोयाविन : हप्तामा एक पटक सोयाविनको तकारी खान सक्नुहुन्छ। वा खानामा सोयाविनको मात्रालाई बढाउन पनि सक्नुहुन्छ। जसले स्वास्थ्यमा प्रयाप्त क्याल्शियम प्रदान गर्छ।
अन्जिर र बदाम : रातभरी अन्जिर र ४/५ वटा बदाम भिजाएर राख्नुहोस्। र, विहान उठेर यसलाई चपाएर खान सक्नुहुन्छ। जसबाट प्रयाप्त मात्रामा क्याल्शियम पाउन सकिन्छ।
डेरी प्रोडक्ट : खानामा दुध, दही, पनीर, चीजजस्ता डेरी प्रोडक्टको मात्रा पनि बढाउन जरुरी हुन्छ । यसबाट पनि क्याल्शियम पाउन सकिन्छ।
यसकारण पनि जरुरी
– बलिायो हाडको लागि क्याल्शियमक अतिआवश्यक तत्व हो ।
– बच्चाको शुरुवाती विकास र मांसपेशि निर्माणमा पनि यसले सहयोगी भूमिका निर्वाह गर्छ ।
– क्याल्शियमको कमीले हाड मात्र नभएर नङ, दाँत कमजोर हुन जान्छ। त्यस्तै, महिलालाई महिनावारीको समय पीडा हुने, धड्कन बढ्ने, नाडीलगायतमा समस्या देखिने गर्छ।
– एक रिपोर्टअनुसार १४/२० वर्षका युवाहरु पनि क्याल्शियमको कमीको समस्याबाट ग्रसित छन्।
– चिकित्सकका अनुसार क्याल्शियमक कमी भएमा आफुखुशी औषधीको प्रयोग गर्नु हुँदैन। बरु चिकित्सकको सल्लाहअनुसार खानपानमा ध्यान दिनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
