यस्ता बानीलाई आजै हटाउनुहोस्, नत्र हुन्छ सिधै मृगौला ड्यामेज

काठमाडौँ । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरू पहिलो नम्बरमा पर्छन्।

यसका अन्य कारणहरू पनि छन् तर हाम्रा बानीहरूको पनि किड्नीमा ठुलो प्रभाव पर्न सक्ने हुनाले त्यस्ता बानीहरू थाहा पाइराखेको राम्रो। त्यसैले आज हामी तपाईँहरूलाई त्यस्ता बानीहरूबारे सचेत गराउन जाँदैछौ। किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या पुरै विश्वमा तेजीसाथ फैलिएको छ।

Advertisement

हरेक वर्ष १ लाख भन्दा बढी मानिसहरुको किड्नी फेल भएर मृत्यु हुने गरेको छ । यस्तोमा किड्नीको रोग देखा पर्नासाथै डायलिसिस गरिहाल्नुपर्छ। यदि रोग अत्याधिक बढेर गम्भीर अवस्थामा पुगेमा किड्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

यसको मुख्य कारण तपाईको पानी कम पिउने बानी पनि हो। पानी कम मात्रामा पिउने व्यक्तिलाई किड्नी सम्बन्धी रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ।

पानी कम पिउँदा मूत्रनलीमा संक्रमण हुने खतरा अधिक हुन्छ । जसले पोषक तत्वहरु मूत्रनलीमा पुगेर पिसाबलाई थुन्न सक्छ।

साथै यसका कारण किड्नीमा स्टोन हुने खतरा समेत बढेर जान्छ। त्यसैकारण दिनमा कमसेकम २ लिटर पानी अनिवार्य पिउने गर्नुपर्छ। अत्याधिक धुम्रपान एवम् तम्बाकूको सेवन गर्ने बानीका कारण कतिपय मानिसलाई फोक्सोसम्बन्धी गम्भीर रोग लागेको हुन्छ।

यसका कारण ऐथेरोस्कलेरोसिस रोग पनि लाग्न सक्छ जसले रक्त नलीमा रगतको बहावलाई ढिलो पारिदिन्छ र यसका कारण किड्नीमा कम रगत जाने हुन्छ। यसले किड्नीको कार्यक्षमता घटाउँछ।

यसैकारण धुम्रपान र तम्बाकू सेवन गर्नु किड्नीका लागि पटक्कै राम्रो होइन। रातभरिमा पिसाबथैलीभरि पिसाब जम्मा भएको हुन्छ जसलाई उठ्ने बितिक्कै खाली गर्न जरुरी छ।

तर पनि कतिपय मान्छेहरु अल्छी गर्ने बानी भएका कारण उठ्न अल्छी गरेर पिसाब नफेरि बस्ने गर्छन्। धेरै समयसम्म त्यसरी पिसाब रोकेर राख्दा यसले भविष्यमा किड्नीमा ठूलो समस्या देखा पर्ने खतरा हुन्छ।

More News last news
Loading...