गर्भवती महिलाले नखानुहोस् तुलसी, हुनसक्छ गर्भपतनको खतरा

काठमाडौँ । तुलसीको पातले स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ भन्ने कुरा नकार्न सकिन्नँ । नेपालमा लगभग सबैजसो घरमा तुलसी रोपिन्छ ।

मानिसहरुले यसलाई पूजा गर्नुका साथै त्यसको औषधीय गुणका कारण प्रयोग पनि गर्दछन् । यसै कारणले तपाईंले सायद तुलसीको पात खानुका साइड इफेक्टबारे कहिले पनि सोच्नुभएको छैन।

Advertisement

अनेकौं फाइदा हुँदा हुँदै पनि तुलसी सबैका लागि लाभदायक भने छैन। आउनुहोस्, यसबारे जानकारी लिऔं :

गर्भवती महिलाले खान नहुनेः तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यका साथै उनको गर्भमा हुर्किरहेको भ्रुणलाई पनि नोक्सान पुर्याउँछ। गम्भीर परिस्थितीमा त यसले गर्भपतनको पनि खतरा पनि निम्त्याउँछ।

यस्तो हुनुका कारण तुलसीमा ‘एस्ट्रागल’ नामक तत्व पाइन्छ जसले गर्भाशयमा संकुचन पैदा गर्दछ । गर्भावस्थामा यस्तो हुनु निकै खतरनाक हुनसक्छ ।

मधुमेहका रोगीले नखानुहोस् तुलसीः थुप्रै अनुसन्धानले तुलसीको पात सेवन गर्दा रगतमा चीनिको मात्रा कम हुने बताएको छ। यस्तोमा यदि मधुमेहका बिरामीले औषधीका साथै तुलसीको पातको पनि सेवन गरिरहेको छ भने शरिरमा सुगरको स्तर आवश्यकताभन्दा कम हुन्छ जुन मानिसका लागि घातक हुनसक्छ ।

प्रजनन क्षमतामा कमीः तुलसीको पातले रगतलाई पातलो बनाउनमा सहयोग पुर्याउँछ । जो व्यक्ति रगतलाई पातलो बनाउनका लागि औषधीको सेवन गर्न चाहँदैनन् उनीहरुले तुलसीको पातलाई घरेलु उपचारको रुपमा तुलसीको पात सेवन गर्न सक्छन्। तर जसले पहिलेदेखि नै रगत पातलो बनाउने औषधी खाइरहेका छन् उनीहरुले भने यसको सेवन गर्नुहुँदैन ।

कलेजोलाई क्षती पुर्याउन सक्नेः विश्व स्वास्थ्य संगठनका अनुसार जो व्यक्ति एस्टामिनोफेन (पेन किलर) जस्ता औषधी र तुलसीको पात पनि नियमित रुपमा सेवन गरिरहेका छन्, यसले कलेजोमा नकारात्मक असर पुर्याउन सक्छ । यस्तो किनभने यी दुबैले दुखाईबाट छुटकारा दिन्छन्। जब यी दुबै शरिरभित्र गएर एकसाथ काम गर्न थाल्छन्, यसले कलेजोको कार्यप्रणालीलाई प्रभावित गर्दछ।

दाँतमा देखिनेछन् दाग–धब्बाः तुलसीको पातलाई नचपाई सिधै निल्नुपर्ने बताइन्छ । यसको वैज्ञानिक कारण तुलसीको पातमा पाइने आइरन चपाउँदा दाँतमा दागधब्बा देखिने भएकाले यसो नगर्न सुझाइन्छ।

थाइराइडका बिरामी : यदी तपाई थाइराइडको रोगी हुनुहुन्छ भने तुलसीको सेवन नगर्नु फाइदाजनक हुन्छ । किनकी तुलसीको सेवनले थायरोक्सिनको लेवल कम हुने गर्दछ। जसका कारण यो समस्या झनै बल्झिने गर्दछ।

More News last news
Loading...