काठमाडौँ । क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन। तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ। यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ।
पिसाबमा समस्याः छिटो–छिटो पिसाब लाग्नु, पिसाब गर्दा दुख्नु, पोल्नु, पिसाब रोक्न गाह्रो हुनु यो प्रोस्टेड क्यान्सर वा प्रोस्टेट ग्रन्थिको आकार ठूलो हुनुको संकेत हो।
अण्डकोषमा परिवर्तनः अचानक अण्डकोष सुन्निनु, भारी महशुस हुनु वा कुनै परिवर्तन महशुस हुनु पनि अण्डकोष वा प्रोस्टेट क्यान्सरको संकेत हो।
पिसाबमा रगत देखिनुः पिसाबमा रगत देखिएमा यो ब्लड वा किड्नी क्यान्सरको संकेत हो।
दिसामा रगत देखिनुः दिसामा रगत देखिएमा मलद्धारका नली सुन्निएको, ब्लड, वा किड्नी क्यान्सरको संकेत हो।
छालामा परिवर्तनः छालामा कुनै दाग, तिल वा कालो रंगमा कुनै परिवर्तन आएमा छालाको क्यान्सरको संकेत हुनसक्छ।
लिम्फ ग्रन्थिमा परिवर्तनः लिम्फ गन्थि सानो हुन्छ, जुन गर्दन र शरीरको केही भागमा रहेको हुन्छ। यसले हामीलाई जाडोबाट बचाउँछ। शरीरमा क्यान्सर सेल्स बढेमा यसको काम गडबढ हुन जान्छ। यस्तो अवस्थामा घोक्रोमा संक्रमण वा शरीर सुनिने समस्या हुन्छ। यदि यो समस्या ४–५ दिनसम्म चलिरह्यो भने बेवास्ता नगर्नुहोस्।
निल्न गाह्रो हुनुः खाना निल्न गाह्रो महशुस भएमा र अचानक तौल कम भएमा वा वान्ता हुने समस्या भएमा यो घाँटी वा पेटको क्यान्सर हुनसक्छ।
मुटु पोल्नुः गलत भोजन वा तनावका कारण हार्टबर्न अर्थात् मुटु पोल्ने समस्या हुन्छ। तर, लामो समयसम्म यो समस्या भइरह्यो भने, यो पेट वा घाँटीको क्यान्सरको संकेत हुन सक्छ।
मुखमाः यदि तपाई धुम्रपान गर्नुहुन्छ भने मुखमा क्यान्सर हुन सक्छ। मुखको भित्री भाग वा ओठमा सेतो वा रातो रंग देखिएमा यसलाई बेवास्ता नगर्नुहोस्।
वजन घट्नुः भोजन वा व्यायाममा कुनै परिवर्तन नगरिकनै वजन कम हुन थालेमा यसलाई सामान्य नसम्झनुहोस्। यो प्यानक्रियाज, पेट वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ।
क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन। तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ।
यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ। यी माथीका संकेतहरु अन्य रोग लाग्दा पनि शरिमा देखिने गर्छन्। लामो समयसम्म यस्ता संकेत देखिएको छ भने स्वास्थ्य जाँचको लागि जानु उपयुक्त हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
