नेपालमा थप २ हजार ४४२ जनामा कोरोना पुष्टि, ५१ को ज्यान गयो

काठमाडौँ । नेपालमा थप २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ६ हजार ६७७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट १ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार २१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ५१ जनाको ज्यान गएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन्।

त्यस्तै काठमाडौँ उपत्यकामा ५ सय ४८ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो।

More News last news
Loading...