काठमाडौँ । हाम्रो समाजमा पिपलको पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो। जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए।
तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ।
मुटुसम्बन्धी रोगको औषधिः तपाईलाई थाहा छ कि छैन, पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ। यसका लागि पिपलका १५ ओटा ताजा पातहरु १ लिटर पानीमा उमाल्नुहोस्। त्यसलाई तबसम्म उमाल्नुहोस् जबसम्म १ लिटर पानी घटेर त्यसको तेस्रो हिस्सा नहोस्।
त्यसपछि त्यसलाई चिसो बनाएर छान्नुहोस्। उक्त अर्धतरल पदार्थलाई तीन भागमा बाड्नुहोस्। त्यसपछि विहान ३ घण्टाको फरकमा खानुहोस्। हरेक दिन यस्तो गर्नाले तपाईलाई मुटु सम्बन्धी रोगको खतरा कम हुने छ।
बलियो र सफा तथा सेता दाँत: बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ। पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस्। यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकरा पाइन्छ।
दमका रोगीको लागि बूटीः लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ। यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस्।
त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस्। तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ।
रुघा-खोकीको अचूक औषधिः मौसममा आउने बदलीका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस्।
पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस्। यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस्। दुई दिनमै तपाईको रुघा-खोकी ठीक हुने छ।
निमोनियामा राहतः निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
