यी ५ व्यक्तिले भूलेर पनि नपिउनुहोस् कागती पानी, नत्र…

काठमाडौँ । सामान्यतः कागती पानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाई कागती पानी पिउनाले नोक्सान पनि पुर्‍याउन सक्छ। यसले व्यक्तिको स्वास्थ्य सम्बद्ध समस्याहरूलाई झन् जटिल बनाउन सक्छ।

कागतीमा पाइने केही तत्त्वले जसले टसम्बन्धी समस्यालाई बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ। यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन ?

Advertisement

कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ। तसर्थ यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन, एसिड रिप्लक्स जस्ता समस्या बढ्न जान्छ।

पेटमा अल्सर भएको छ भने पनि कागती पानी नपिउनु राम्रो हुन्छ । यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ।

जुन व्यक्तिको दाँतमा समस्या छ, कागती पानी पिउनाले दाँतमा भएको इनामेललाई नष्ट हुन गई दाँत टुक्रिने वा सेन्सिटिभिटी बढ्ने जस्ता समस्या पैदा हुन सक्छ।

पिसाबसँग सम्बन्धित समस्या छ भनेपनि कागती पानी नपिउनु नै उत्तम हुन्छ। कागती पानी पिउनाले बारम्बार पिसाव लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् प्रभावित गराउँछ।

कागती पानीले कफ र पित्त बढाउँछ। यदि व्यक्तिलाई कफ एवं पित्तको कुनै समस्या भए यस्तो पानीले अझ समस्या जटिल बनाउँछ।

More News last news
Loading...