नेपालमा थप २ हजार ४०१ जनामा कोरोना पुष्टि, ३४ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५ (पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार ६७५ पुगेको छ।

More News last news
Loading...