कपाल झर्ने र टुक्रिने समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ यी सरल घरेलु उपायबाट

काठमाडौँ । अहिलेको व्यस्त जीवनशैली र प्रदूषणको प्रभावले हाम्रो स्वास्थ्यमा निकै ठूलो प्रभाव पारेको छ। जसका कारण कपाल झर्ने समस्या पनि अहिलेको आम समस्या जस्तै बनेको छ।

अहिलेको मोडर्न लाइफस्टाइलमा हामीले केमिकलयुक्त हेयर प्रोडक्ट्सको प्रयोग पनि गर्छैँ। जसका कारण पनि कपाल झर्ने तथा टुक्रिने समस्या अधिक देखिने गरेको छ। आज हामी तपाईलाई कपाल झर्न रोक्ने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। आउनुहोस् जानौँ कुन कुन हुन् ती घरेलु उपाय ?

Advertisement

अण्डाको प्रयोगः अण्डाको सेवन हाम्रो स्वास्थ्यका लागि निकै लाभदायिक हुनुका साथसाथ यसले कपाल झर्न पनि रोक्ने काम गर्छ। यदी तपाई आफ्नो कपाल झर्न रोक्न चाहनुहुन्छ भने दुई वटा अण्डा लिनुहोस् र यसको सेतो भागलाई अलग गर्नुहोस्।

त्यसपछि उक्त अण्डाको सेतो भागले कपालमा राम्रोसँग मसाज गर्नुहोस्। त्यसपछि एउटा डावल (तौलिया) लाई तातो पानीमा भिजाएर कपालमा आधा घण्टासम्म बाँध्नुहोस्। त्यसपछि कपाललाई स्याम्पु लगाएर चिसो पानीले राम्रोसँग धुनुहोस्। दुई चार पटक यो उपाय अपनाउनुभयो भने तपाईको कपाल झर्ने समस्या कम हुन्छ।

दहीको प्रयोगः यदी तपाई आफ्नो कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ भने दहीको प्रयोगबाट छुटकारा पाउन सक्नुहुनेछ। दुई ठूलो चम्चा अमिलो दहीमा एक ठूलो चम्चा मह मिलाउनुहोस्।

त्यसपछि यसले मज्जासँग ३० मिनेट मजास गर्नुहोस्। दुई चार चोटी यसरी यसको प्रयोग गर्नुभयो भने तपाईको कपाल झर्ने समस्या कम हुन्छ।

नरिवलको तेलः यदी तपाई आफ्नो कपालमा नरिवलको तेल प्रयोग गर्नुहुन्छ भने यो कपालका लागि निकै राम्रो मानिन्छ। नरिवलमा कपालका लागि चाहिने पोषक तत्व पाइने गर्छ। तपाईले राति सुत्नुअघि एउटा कचौरामा नरिवलको तेल लिनुहोस्।

त्यसपछि यसलाई मनतातो बनाएर राम्रोसँग आफ्नो कपालमा लगाउनुहोस्। त्यसपछि बिहान उठेर कपाललाई राम्रोसँग स्याम्यु लगाएर धुनुहोस्। यसो गर्दा पनि तपाईको कपाल झर्ने समस्या कम हुन्छ।

ग्रीन टीः ग्रीन टी सेवन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्छ। साथसाथै कपालका लागि पनि यो निकै महत्वपूर्ण मानिन्छ। यदी तपाईको कपाल झर्ने समस्या छ भने ग्रीन टीको प्रयोग गर्न सक्नुहुन्छ।

दुई तीन दाना ग्रीन टी लाई दुई तीन कप पानीमा राखेर उमाल्नुहोस्। त्यसपछि यो सेलायो भने कपालमा राम्रोसँग लगाउनुहोस्। केही बेरको कसाजपछि यसलाई नर्मल पानीले पखाल्नुहोस्। यसो गर्दा पनि तपाईको कपाल झर्ने समस्या कम हुने गर्छ।

आलुको रसः कपाल झर्ने समस्याबाट छुटकारा पाउने अर्को उपाय हो आलुको रस। आलुलाई मज्जाले पिनेर त्यसको रस लिकाल्नुहोस्। त्यसपछि एक चम्चा मह र अलिकती पानी मिलाएर यसलाई राम्रोसँग आफ्नो कपालमा लगाउनुहोस्।

त्यसको आधा घण्टापछि कपाललाई स्याम्पुले राम्रोसँग पखाल्नुहोस्। यसो गर्दा पनि तपाईको कपाल झर्ने समस्या केही दिनमै कम हुने गर्छ।

More News last news
Loading...