शरीरमा यी लक्षण देखिए रहनुहोस् सावधान ! हुनसक्छ क्यान्सरको लक्षण

काठमाडौँ । रिपोर्टका अनुसार क्यान्सर भएको अवस्थामा महिला वा पुरुष दुबैमा समान लक्षण देख्न सकिन्छ । डिप्रेशन वा फ्लू हुँदा मानिसलाई भोक लाग्दैन। क्यान्सरले तपाईंको मेटाबोलिजममा असर पारेर यस्तै गर्न सक्छ। पेट, प्यान्क्रियाज, ठूलो आन्द्रा वा गर्भाशयको क्यान्सर हुँदा पेटमा दबाब महसुस हुन्छ जसका कारण तपाईंलाई भोक लाग्दैन।

दिसामा रगत आउनु पनि क्यान्सरको एउटा ठूलो लक्षण हो । यद्यपि, अल्सर वा कुनै संक्रमण हुँदा पनि यस्तो हुनसक्छ । दिसामा रगत देखिनुको अर्थ यो हो कि तपाईंको ग्यास्ट्रो–इन्टेसटाइन ट्र्याक्टमा कुनै समस्या छ। दिसामा आउने रगत यदि चम्किलो छ भने रेक्टम (मलाशय) वा आन्द्राको समस्याका कारण हुनसक्छ । यदि गहिरो छ भने पेटको अल्सरतर्फ इशारा गर्छ । यद्यपि, दुबै अवस्थामा यसको परीक्षण गर्न आवश्यक छ।

Advertisement

पिसाबमा रगत आउनु पनि क्यान्सरको एउटा ठूलो संकेत हो । यो मृगौला वा मूत्राशयको क्यान्सरको लक्षण हुनसक्छ । यद्यपि, पत्थरी वा मृगौला सम्बन्धि समस्या हुँदा पनि यस्तो लक्षण देखिन्छ । यस्तो हुँदा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुहोस्।

यदि तपाईंलाई लामो समयसम्म खोकी लागिरहेको छ र उपचार पछि पनि निको भएन भने फोक्सोको क्यान्सरको उपचार गराउनुहोस् । फोक्साको क्यान्सर हुँदा छाती दुख्ने, तौल घट्ने, घाँटी सुक्ने, थकान र सास फेर्न समस्या हुनसक्छ । यस्तो लक्षण कोल्ड–फ्लूमा पनि देख्न सकिन्छ । त्यसैले तत्काल उपचार गराउनुपर्छ।

क्यान्सरको एउटा विशेष पहिचान अत्यधिक थकान पनि हो । जुनसुकै बेला पनि अत्यधिक थकान लाग्ने, कुनै शारीरिक काम गर्न गाह्रा हुने र निद्रा मात्रै लागिरहने भएको खण्डमा केही गडबड छ भनेर बुझ्नुपर्छ।

इन्फेक्सन वा फ्लू हुँदा शरीरको तापक्रम निकै बढ्ने गर्छ । ज्वरो आउँछ । तर लिम्फोमा, ल्यूकेमिया र मृगौला, फोक्सोमा हुने क्यान्सरमा पनि बिरामीमा यस्तो समस्या देखिन्छ । क्यान्सर भएको खण्डमा ज्वरो अचानक बढ्छ र दिउँसोको समयमा छ्याङ्ग हुन्छ । यदि शरीरको तापक्रम १००.५ डिग्रीभन्दा बढि भइरहन्छ भने डाक्टरलाई भेट्न आवश्यक छ।

मुख, गला, थाइरोयड र भोइस बक्समा गाँठो देखिनु पनि क्यान्सरको लक्षण हो । यद्यपि, यो कुनै संक्रमण हुँदा पनि देखिन सक्छ। क्यान्सरको गाँठो कहिले पनि दुख्दैन । यो कहिले हट्दैन पनि तर क्रमशः बढिरहन्छ । यदि तपाईंमा यस्तो समस्या छ भने तुरुन्त डाक्टरलाई भेट्नुहोस्।

राती पसिना आउनु पनि क्यान्सरको निकै ठूलो लक्षण हो । यद्यपि, महिलाको महिनावारी रोकिने समयमा पनि यस्तै समस्या देखिने गर्छ। त्यसैले क्यान्सरको खतरा नबढोस् त्यसैले यसको उपचार गराउनुपर्छ।

यदि तपाईंको छालामा अचानक कुनै परिवर्तन महसुस भइरहेको छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् । छाला बाक्लो हुनु, छालाको रङ परिवर्तन हुनु वा आकार खराब हुनु पनि क्यान्सरको संकेत हो।

एक रिपोर्ट अनुसार पाँचमध्ये दुई क्यान्सरका बिरामीको तौल घट्ने गर्छ । यद्यपि, यसका अन्य थुप्रै कारण पनि हुनसक्छन् । तर सामान्यभन्दा बढी नै तौल घटेको खण्डमा डाक्टरलाई यसबारे पक्कै पनि जानकारी दिनुहोस्।

More News last news
Loading...