काठमाडौँ । धेरै जसो सबैका भान्सामा प्रयोग हुने मेथी बहुउपयोगी खाद्य पदार्थ हो। मेथीको प्रयोगबाट हामीले धेरै रोगहरुलाई नियन्त्रण गर्न सक्छौ। तर हामी मध्ये धेरै जसोलाई मेथी मन नपर्न पनि सक्छ। तर हामीलाई लाग्छ यो पढे पछि तपाइको मन बदलिने छ। यस्ता छन् बहुउपयोगी मेथीका फाइदाहरुः
मेथीको सेवनले मृगौलालाई स्वस्थ राख्छ। मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्ने गर्छ। यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्ने काम गर्छ।
पेट खराब हुँदा या अपचको स्थितिमा मेथीको सेवन लाभकारी हुनछ। यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ। यसले भोक पनि बढाउँछ।
मेथीको सेवनबाट शरीरमा टेस्टोस्टेरोनको स्तर पनि बढ्छ, जसबाट मांसपेशी बन्छ र शरीर मजबूत हुन्छ।मेथीको सेवनले स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरको खतरा पनि कम गर्छ।
मेथीको सेवनले रगतमा ग्लुकोजको स्तर कम हुन्छ, जसबाट डाइबेटिजको टाइप वान र टाइप टु दुवै नियन्त्रित हुन्छ।
मेथीका दानाले डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी भूमिका खेलेको हुन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको हुनुहुन्छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्न सक्छ।
मेथीको सेवनले शरीरमा राम्रो कोलेस्टेरोल बढ्छ र नराम्रो कोलेस्टेरोल घट्छ। यसबाट मुटुसम्बन्धी रोग पनि कम हुन्छ। कपाल झर्ने समस्या भएकाहरुका लागि पनि मेथी अत्यन्तै उपयोगी हुन्छ । मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ।
यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न निकैनै कम गर्छ। यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
