काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार २० जना कोरोना संक्रमण मुक्त भएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार २० जनाले संक्रमणलाई जितेका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१३ हजार ३७ जनामा गरिएको परीक्षणबाट २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये आरटी पीसीआर बिधीबाट ७ हजार ५ सय ६९ र एन्टिजेन विधीबाट ५ हजार ४ सय ६८ जनाको परीक्षण गरिएको थियो।
पीसीआर गरिएका मध्ये १९६३ र एन्टिजेन परीक्षण मार्फत ८०५ जनामा गरि कुल २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज देशभर ४४ जनाको संक्रमणबाट मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
