नेपालमा थप २ हजार ६०७ जनामा कोरोना पुष्टि, ३९ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १४१ जना कोरोना मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ४५ हजार बढी पुगेको छ।

नेपालमा निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३९ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५९७ पुगेको छ।

More News last news
Loading...