नेपालमा थप २८ सय २८ जनामा कोरोना पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ भने संक्रमण मुक्त हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ। जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन्।

त्यस्तै निको हुनेहरुको दर ८८.५ प्रतिशत रहेको छ। अहिलेसम्म संक्रमणबाट ८ हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ।

More News last news
Loading...