नेपालमा थप २ हजार ९१८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९१८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

कूल १४ हजार ८१९ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार ९१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

मन्त्रालयका अनुसार नौ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।

यस्तै पाँच हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख १० हजार ५२१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६०७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ र ललितपुरमा १४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

More News last news
Loading...