कपाल झर्ने, टुक्रिने तथा नबढ्ने समस्याले हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्

काठमाडौँ । कपाल सेतो हुने कायौँ कारण हुने गर्छन्। आजभोलि कम उमेरमै कपाल सेतो भएका कारण मानिसहरु निकै तनावमा हुने गरेका छन्।

सानै उमेरमा कम सेतो हुँदा तपाईको जवानीलाई फिक्का हुने गर्छ। कपाल कालो बनाउनका लागि मानिसहरु मेहेन्दीको पनि प्रयोग गर्ने गर्छन्। उनीहरु यसको प्रयोगले तुरुन्त कपाल कालो हुनेमा विश्वास गर्छन्। तर यस्तो मेहेन्दीमा केमिकलको मिश्रण हुने भएका कारण कपालमा असर पुर्याउँछ र कपाल झर्ने, टुक्रिने, रुखो हुने समस्या देखिन थाल्छ।

Advertisement

आज हामी तपाईलाई केही यस्ता घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसले तपाईको कपाल कालो त बनाउन सहयोग नगर्ला । तर रुखो र कपाल झर्ने समस्या भने हटाउने गर्छ। यी उपाय आम मानिसले अपनाउन सकिन्छ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती उपायः

दहीः दही कपालका लागि निकै फाइदाजनक हुने गर्छ। यसले कपाल रुखो हुने समस्या हटाउन सहयोग गर्छ। दहीले कपाल हेल्दी बनाउनका साथ साथ चायाँको समस्या पनि हटाउन सहयोग गर्छ।

लसुनः मानिसलाई लाग्नसक्छ लसुनको प्रयोगले सेतो कपाललाई कालो बनाउन सहयोग गर्छ। तर यस्तो विल्कुलै होइन्। यसले कपाल बढाउनमा सहयोग गर्छ। लसुनको पेस्ट बनाएर कपालमा लगाउँदा तपाईको कपाल लामो र बाक्लो हुने गर्छ।

प्याजः प्याजले पनि कपालको लम्बाई बढाउन सहयोग गर्छ। कपाल झर्ने, टुक्रिने समस्या छ भने पनि यसको प्रयोगले हटाउन सहयोग गर्छ। यसले कपाल नबढ्ने, झर्ने, टुक्रिने समस्या कम गर्ने काम गर्छ।

More News last news
Loading...