काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ। ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ।
नयाँ संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन्। यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन्।
नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन्। देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ।पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ।
यही अवधिमा थप ६१ जनाको मृत्यु भएको छ। नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ। नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
