बच्चालाई असल र ज्ञानी बनाउन चाहनुहुन्छ ? यी १० कुरा सिकाउनुहोस्

काठमाडौँ । भनिन्छ, नि नानीदेखि लागेको बानी छुट्न गाह्रो छ। त्यसैले नानीदेखिनै राम्रो बानीको विकास गर्न सके त्यो बच्चा जीवनमा सफल हुन्छ।

हुन पनि बालबालिका काँचो माटो हुन्। काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई पनि विभिन्न ज्ञान र सीप सकाउन सकिन्छ।

Advertisement

त्यसैलै पनि उनीहरुलाई सानैदेखि राम्रा कुरा सिकाउन जरुरी छ। बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो।

कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन्। कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय पढेर र धेरै कुरा ठूलो भएपछि आफै सिक्छन्। तर उनीहरुको सफलताका लागि अभिभावकले ध्यान दिएर सिकाउनुपर्ने कुरा यस्ता छन् :

धैर्य हुन सिकाउनुहोस् : धैर्यता मानिसको साथी हो । धैर्यताले धेरै सफल बनाउन सकिन्छ । आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ।

बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस । यसो भए सफलताका लागि धैर्यता गर्न सिक्छन् र पाउँछन्।

सही र गलतको थाहा पाउने बनाउनुहोस : बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउन आवश्यक छ। सही र गलत थाहा भएपछि मात्र उनीहरुमा निर्णय लिने क्षमता राख्छन् । बच्चाले सही र गलतबीच फरक छुट्याउन सक्ने हुन्छन्। उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ।

आदरका साथ बोल्न सिकाउनुहोस् : सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ।

सहयोगी बन्न सिकाउनुहोस्: यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ ।

उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।

सेयरिङ गर्न सिकाउनुहोस्: बच्चामा शुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधा सिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ।

समयको कदर गर्न सिकाउनुहोस्: आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस्।

बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस्।

धन्यवाद दिन र माफी माग्न सिकाउनुहोस्: कुनै काममा धन्यवाद र माफी माग्ने कान गर्न सिकाउन जरुरी छ । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ।

आज्ञाकारी बन्न सिकाउनुहोस्: बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ । उनीहरुलाई आज्ञाकारी बन्नुपर्छ भन्ने थाहा हुनुपर्छ । उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस कि ठूलोले केहि कुरा भनेको तिम्रो हक र हितकै लागि हो ।

प्रार्थना गर्न सिकाउनुहोस्: बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस्। यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ।

इमान्दार बन्न सिकाउनुहोस्: बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस। यदी तपाईको बच्चा इमान्दार भयो भने उसले कहिले पनि झुट बोल्दैन् र गलत काम पनि कहिले गर्नेछैन्।

More News last news
Loading...