काठमाडौँ । मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्या वस्तु हो। महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ।
हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ। मह दैनिक जविनमा कत्ति आवश्यक छ भनी चर्चा गरेका छौँ ।
एक कप पानीमा दुईचम्चा जीरा राखेर पाँचमिनेट उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसमा दुईचम्चा मह मिलाएर पिउने गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै शरीर स्वस्थ राख्न मद्दत मिल्छ।
यसको सेवनले शरीरको दुषित पदार्थ, रगत, दिशा पिसाब सफा हुन्छ र रोग लाग्नबाट बचाउँछ। यसको नियमित सेवनले खाना पचाउन मद्दत गर्नुका साथै पेट सधै दुरुस्त राख्नमा मद्दत गर्छ।
यदि तपाइँलाई कब्जियत भएको छ भने यो पानीको सेवनले कब्जियत निको पार्छ र पेट सफा हुन्छ।
जीरा र मह मिलाएको पानी सेवन गर्नाले शरीरमा क्यान्सरका सेल्स बन्नबाट रोक्छ र क्यान्सरबाट पनि बचाउँछ। यसको नियमति सेवनले ब्लडप्रेशर नियन्त्रण गर्न मद्दत गर्छ।
जीरा मह मिलाएको पानीमा आइरन प्रशस्त मात्रामा पाइन्छ जसले शरीरमा रगतको कमी हुनबाट जोगाउनुका साथै एनिमिया रोग लाग्नबाट बचाउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
