काठमाडौँ । कपाल सुन्दर बनाउन कसलाई रहर हुँदैन र ? कपालले मान्छेको व्यक्तित्व राम्रो देखिन्छ। कपालमा मेहन्दी लगाउनुअघि ध्यान दिनुपर्ने कुरा निम्न छन्ः
एक पटक मेहन्दी लगाउँदैमा केही महिनासम्म ढुक्क भयो भनेर सोच्नु हुँदैन। मेहन्दी लगाएको कपाल केही दिन राम्रो देखिन्छ। तर यसलाई राम्रोसँग हेरचाह गर्ने सकिएन भने केहि दिनपछि कपाल झर्ने समस्या हुन सक्छ।
मेहन्दी लगाएपछि कपाल सफा गर्दा सधैँ चिसो पानीले नै गर्नुपर्छ। यसले कपालमा मेहन्दीको रङलाई धेरै समयसम्म रहन दिन्छ।
महेन्दी लगाएपछि तपाईंले धोएको कपालको पानी नतैरियोस् भन्नका लागि हल्का रङको तौलिया र हल्का रङको कपडा लगाउनु राम्रो हुन्छ। यदि त्यस्तो गरिएन भने महेन्दी लगाउँदा कपडामा कपालको रङ सर्न सक्छ।
कपाल मेहन्दी लगाएपछि कपाललाई छिटोछिटो धुनु हुँदैन। यसले कपालबाट मेहन्दीको रङ छिट्टै फिका हुँदै जान्छ।
कपालमा मेहन्दी लगाएपछि, कपाललाई राम्रोसँग सफा गरिएन भने कपालमा चाया पनि पर्न सक्छ। त्यसैले कपालबाट मेहन्दी सफासँग पखाल्नु पर्छ। कपालमा मेहन्दी लगाउनुभन्दा अगाडि पञ्जा लगाउनु पर्छ। नत्र तपाईंको हातमा कलर लाग्न सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
