काठमाडौँ । नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टाको अवधिमा १२ हजार ७४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणका क्रममा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार १७९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
