पेटका यी संकेतलाई भूलेर पनि नलिनुहोस् हल्कामा, हुनसक्छ क्यान्सरको शुरुवाती लक्षण

काठमाडौँ । क्यान्सर यस्तो रोग हो, जसको नाम सुन्नासाथ जो कोही डराउने गर्छन्। क्यान्सर यस्तो रोग हो, जसले शरीरको कुनै पनि अंगमा संक्रमण गर्न सक्छ। आज हामी पेटको क्यान्सरका केही लक्षणका बारेमा जानकारी दिदैछौँ । यो रोगले उमेर भन्दैन, सानो उमेरमै पनि हुनसक्छ।

आउनुहोस् जानौँ पेटको क्यान्सरका लक्षणहरु के के हुन् त ?

Advertisement

पछिल्लो समय मानिसको जीवनशैलीका कारण क्यान्सरको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। पेटको क्यान्सरका शुरुवाती लक्षणलाई सजिलैसँग पहिचान गर्न सकिन्छ।

अध्ययनका अनुसार यदी कुनै व्यक्तिको छातिमा तीन हप्ताभन्दा जलन भयो र खाना निल्न समस्या भइरहेको छ भने डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ। किनकी यो पेटको क्यान्सरको शुरुवाती लक्षण हुनसक्छ।

पेटको क्यान्सरको लक्षणलाई जति छिटो पहिचान गर्न सकियो, त्यति नै सजिलो यसको उपचार गर्न हुने गर्छ। त्यसैले समयमै यसको पहिचान गरेर उपचार गर्न आवश्यक छ।

त्यस्तै तीन हप्ताभन्दा बढी समयदेखि खाना अपच हुनु, खाना निल्न समस्या देखिनु, अचानक तौलमा कमी आउनु, धेरै डकार आउनु, खाना खाँदा खाँदै पेट छिट्टै भरिएको जस्तो महशुस हुनु, वान्ता हुनु, पेटको माथिल्लो भागमा पीडा हुनु आदी पेटको क्यान्सरका लक्षण हुन्।

एक अध्ययनका अनुसार मानिसले शुरुवाती लक्षणलाई यस कारण वेवास्ता गर्ने गर्छन् की केही मानिस क्यान्सरको पुष्टि भए डराउने गर्छन। जसका कारण यसका शुरुवाती लक्षणका बारेमा ध्यान दिदैनन्।

पेटको क्यान्सर निकै खतरनाक हुने गर्छ। त्यसैले यसबाट बच्नका लागि यसका शुरुवाती लक्षणलाई पहिचान गरेर समयमै उपचार गर्नु वुद्धिमानी हुन्छ।

More News last news
Loading...