नेपालमा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि, ६५ सय बढी निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा थेपालमा थप ५ हजार १५३ जना संक्रमित थपिएका छन्। कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ। हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन्।

यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन्। हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ।

कोभिड-१९ को संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ। कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ। नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ।

More News last news
Loading...