काठमाडौँ । काठमाडौँ महानगरपालिका १४ ले भोलि मंगलबारदेखि लगातार ५ दिनसम्म ६० देखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई कोरोना खोप (भेरोसेल) दिने भएको छ ।
उक्त खोप मंगलबार बिहान ११ बजेदेखि कलंकी मन्दिरमा लगाउन शुरु गरिने वडाध्यक्ष शोभा सापकोटाले बताईन् ।
यस्तै, भोलि नै बिहानै देखि एण्टिजेन र पिसिआर परीक्षण पनि शुरु हुँदै छ । कोभिड १९ संक्रमित, संक्रमणको लक्षण देखिएका तथा सक्रमितको क्लोज कन्ट्याक्ट्मा रहेका व्यक्तिहरुले एण्टिजेन र पिसिआर परीक्षण गर्न सक्नुहुनेछ ।
यसअघि जेठ १५ र १७ गते कुलेश्वर महादेब मन्दिरमा निःशुल्क एण्टिजेन टेष्ट गरिएको थियो ।
जेठ २३ गतेसम्मको विवरण अनुसार काठमाडौँ महानगरपालिकामा ६४ हजार ५६२ जना कोरोना संक्रमित फेला परेका छन्् । ५५ हजार ५६४ जना निको भएर घर फर्किसकेका छन् भने ४४७ जनाको ज्यान गएको छ ।
हालसम्म काठमाडौँ १४ मा मात्रै ४ हजार ६१६ जना संक्रमित भएका छन् । जसमध्ये १४ जनाको ज्यान गएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
