काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस कोभिड-१९ बिरुद्धको भेरोसेल खोप अभियान ३२ स्थानबाट दिने भएको छ।
जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ।
महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्नेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो।
सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोपको दिएको थियो।
यसपटक भने चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो।
काठमाडौं महानगरपालिकाले यसरी खोप दिँदैछ

काठमाडौं महानगरपालिकाले खोप दिने स्थानहरु यी हुन्

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
