नेपालमा थप ४ हजार ४७२ जनामा कोरोना पुष्टि, ६ हजार ९५१ निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ। पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन्।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो।

यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन्।

हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ। यस्तै मृतकको संख्या ७ हजार ९९० पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन्।

More News last news
Loading...