हप्तामा कति पटक कपाल नुहाउँदा राम्रो ? यस्तो छ कपाल सौन्दर्यको उपाय

काठमाडौँ । कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने भन्ने प्रश्न उठ्छ। कोही हप्तामा एक पटक कपाल नुहाउँछन् त कोही ३–४ पटक। हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन। तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्छ।

यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले तपाईंलाई पनि फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ ।

Advertisement

कपालको स्वास्थ्य र जीवनशैली

तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्कआउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन ।

यसैगरी तपाईंको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु । यस्तोमो नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ ।

तेलको परवाह नगरौं

सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प (कपालको जरासहितको छाला) बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौं । यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्गानिक, एसेन्सियल आयलले मसाज पनि गर्छौं ।

यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ। त्यसैले यस्ता उत्पादनहरुबाट टाढै बस्न राम्रो हुन्छ।

सल्फेट्सबाट टाढा

सेम्पु र कन्डिसनरमा सल्फेट्स हुन्छ । यसले तपाईंको स्काल्प र कपालबाट फोहोर तथा तेललाई हटाएर त्यसलाई सफा गर्छ। तर, सल्फेट्सको समस्या के हो भने यसले स्काल्पको प्राकृतिक तेल र पसीना तथा फोहोरयुक्त चिपचिपमा अन्तर भेट्दैन।

सल्फेट्सले प्राकृतिक तेललाई पनि स्काल्पबाट अवशोषित गर्छ । त्यसैले सकेसम्म सल्फेट-फ्री सेम्पू र कन्डिसनर प्रयोग गरौं।

सेम्पु सँधै आवश्यक छैन ।

बारम्बार सेम्पु दल्नाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सँधै सेम्पु दल्नुका साटो कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस ।

त्यसपछि सफा पानीले कपाल पखाल्नुपर्छ। कन्डिसनरको प्रयोग गर्न सकिन्छ, तर ध्यानमा राखौं कि यसलाई कपालको आधा भागबाट सुरु गरेर तलसम्म लगाउनुपर्छ।

More News last news
Loading...