काठमाडौँ । महिलाको जिन्दगीमा सबैभन्दा ठुलो मोड तब आउँछ जब तिनीहरु आमा बन्दछन्। किनकि आमा बनेपछि उनीहरुको शरिर देखि लिएर मानसिक र भावनात्मको साथमा नै सामाजीक जीवन पनि परिर्वतन हुन्छ।
यस्तो अवस्थामा महिलाले आफ्नो शरिरको ध्यान राख्नु एकदमै जरुरी हुन्छ। किनकी महिलाको शरीर बच्चाको स्वस्थ जीवनसँग जाडिएको हुन्छ।
घाउहरूलाई निको पार्नु: महिलाको शरिर सुत्केरी पछि शरीरले धेरै घाउहरूलाई निको पार्नु पर्दछ। यस्तो अवस्थामा सुत्केरी महिलाले आफ्नो राम्रोसँग ख्याल राख्नुपर्दछ। तर अहिलेको व्यस्तताको समयले गर्दा आजकलका नयाँ आमाहरु आफ्नो शरीरको राम्रोसँग ख्याल राख्न सक्दैनन्।
जसको कारणले पछि गएर उनीहरुलाई विभिन्न समस्याको सामना गर्नुपर्ने हुन पनि सक्छ। त्यसैले आउनुहोस् जानौँ महिला सुत्केरी भएपछि कुन कुरालाई बढी ध्यान दिनुपर्दछ। महिलाले सुत्केरी भएको ६ हप्तापछिसम्म काम सुरु गर्नु हुँदैन।
दैनिक कामकाजः घरमा गरिने ज्यादै थकाइ दिनेवाला कामबाट टाढै रहनुपर्दछ। र बच्चाको र आफ्नो शरिरको स्वास्थ्यलाई मात्र ध्यान दिनुपर्दछ।
पर्याप्त आरामः रातमा शिशुलाई पटक पटक दूध खुवाउनुको कारणले गर्दा बच्चाको नीद पूरा नभई खलबलिन सक्छ। यस्तो अवस्थामा नीद पुरा हुन जरुरी हुन्छ। यदि बच्चा दुध खाएर सुत्छ भने आफु पनि बच्चाको साथमा सुत्नुपर्दछ। जसकारण तपाईको थकान मेटिन सक्छ।
परिवारको सहयोगः डेलिभरी पछि जरुरी हुन्छ कि परिवारको कुनै सदस्यको साथ सहयोग मिलोस्। किनभने डेलिभरी पछि शरीरको रिकवरी गर्नु आवश्यक हुन्छ । त्यसैले कसैलाई साथसहयोगको लागी राख्नु महत्त्वपूर्ण छ।
संतुलित आहारः शरीरलाई स्वस्थ राख्नको लागी सही सन्तुलीत भोजन गर्नु आवश्यक पर्दछ। त्यसैले आफ्नो डाइटमा सम्पूर्ण अन्न, तरकारी, फलफूल र प्रोटीनयुक्त खाद्य पदार्थ समावेश गर्नुहोस्। धेरै पानी पिउनुहोस् किनकि स्तनपान गराउने आमाहरूका लागि यो धेरै महत्त्वपूर्ण छ।
व्यायाम गर्नुहोस्ः स्वस्थ रहनका लागी हरेक दिन व्यायाम गर्नु सुत्केरीको लागी निकै फाइदाजनक हुन्छ । तर ध्यान दिनुहोस् कि यी व्यायामहरू धेरै हल्का हुनुपर्छ र त्यो पनि डाक्टरको सल्लाहमा।र थोरै हिँड्न महिलाको लागी ठीक हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
