काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणको क्रममा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै नेपालमा एकै दिन थप ६ हजार ६३६ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ९१ हजार नौ पुगेको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ८३.५ प्रतिशत रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। यो सँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ६३० सय जना पुगेको मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
