नेपालमा थप ५ हजार ३१६ जनामा कोरोना पुष्टि, १०१ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन्।

Advertisement

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ।

नेपालमा पछिल्लो समय कोरोना परीक्षण घट्दा संक्रमण दरमा पनि कमी आएको छ। तर कोरोनाको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा लकडाउन गरिएको छ।

काठमाडौँ उपत्यकामा थप निधेषआज्ञा लम्ब्याइएको छ। वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ ३१ सम्म पुर्याइएको छ।

More News last news
Loading...