पेट खराब हुनुअघि शरीरले दिन्छ यस्ता संकेत, यी घरेलु उपायबाट केही बेरमै पाउनुहोस् राहत

काठमाडौँ । पेट गडबढ हुने, पेटमा समस्या हुने एक सामान्य कुरा भइसकेको छ । अधिकांह मानिसलाई हर्ने हो भने उनीहरुलाई पेटको समस्या सम्बन्धी कुनै न कुनै समस्या रहेको हामी देख्दै आइरहेका छौँ ।

स्वास्थ्य राम्रो हुनका लागी पेट र आँत यी दुवै चिज मजबुत हुनु अत्यन्तै जरुरी हुन्छ । आयुर्वेदले पनि आँतलाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा बढि जोड दिने गरेको पाइन्छ ।

Advertisement

आयुर्वेदिक चिकित्सक डाँ दिक्षा भावसारले आफ्नो इन्स्टाग्राममा यस्तो बताइन् कि आयुर्वेदमा एक स्वास्थय, दीघार्यु,र खुशीको लागी आँत स्वस्थ हुनुपर्दछ ।

स्वस्थ आँत हाम्रो स्वास्थ्यको लागी महत्वपूर्ण हुन्छ । यसको काम केवल भोजनलाई पचाउन सहयोग गर्नुमात्रै हुँदैन । यसले पुरै शरीरलाई बढावा दिने काम पनि गर्दछ ।

तनाव चिन्ता देखि लिएर पर्याप्त भोजन नमिल्ने साथै व्यायामको कमी रहने र एक गतिहीन जीवनशैलीको कारण हाम्रो स्वास्थ्य बिग्रदै जाने सम्भावना बढि हुन्छ ।

यहाँ सम्म कि धैरै खाना खानु, समय नमिलाई खाना खानु र लामो समयसम्म ब्रत बस्नुले पनि हाम्रो स्वास्थ्य खराब हुनुको कारण बन्दछ।

यस्ता छन् पेट खराब हुनुका लक्षण

-हरेक क्षणमा आफ्नो पेट फुलेको र भारी भएको महसुस गर्नु

-उचित मौखीक स्वच्छता बनाइ राख्दा पनि तपाईको सास दुर्गन्धीत भइनैराखेको महसुस हुनु

-तपाईलाई आफ्नो तौल बढाउन र घटाउनमा कठिनाई हुनु

-दिनभर थाकेको महसुस गर्नु या त उर्जावान नहुनु

-तपाईलाई कब्जको समस्या देखिनु या दिनमा दुईपटक भन्दा बढि दिसा लाग्नु

-महिलालाई पेट खराब भएमा अनियमित रुपमा महिनावारी हुनु

-अनुहारमा डण्डिफोर,पिम्पलजस्तो समस्या देखिनु,र दवाई लिँदा पनि दवाईले काम नगर्नु जस्ता पेट खराब हुनुका लक्षणहरु हुन्।

पेटलाई स्वस्थ राख्नको लागी के गर्ने त ?

स्वस्थ आँतले तपाईमा खुशीको हर्मोन,कम तनाव,इष्टतम पोषक तत्व, मिठो निन्द्रा,नभुल्ने बिमारी,चम्किलो त्वचा,मुलायम कपाल,स्वस्थ आँत यस्तै धेरै कुरा प्रदान गर्दछ । यदि तपाई माथि दिएको कुनै एक लक्षण सामना गरिरहनुभएको छ भने यो सम्झिनुहोस् कि तपाईको आँत स्वस्थ रहेको छैन ।

पेटलाई स्वस्थ राख्नका लागी तपाईले आफ्नो जीवनशैलीलाई बदल्नुपर्दछ । तपाईले आफ्नो खाना खाने बानी,सुत्ने तरिका वा समय,व्यायाम, तनावमुक्त रहने कुरालाई बढि ध्यान दिई यसलाई सुधार गर्नुपर्दछ ।

अत्याधिक मात्रामा पानी पिउनुहोस्

प्राकृतिक रुपमा पेटलाई र आँतलाई शुद्ध राख्नका लागी पानी सबैभन्दा सरल र सुरक्षित तरिकामा एक हो । कम पानी पिउनाले कब्ज हुने, दिसा नआउने जस्तो समस्या देखिने गर्दछ । किनकी शरीरले पानीलाई राखीराख्न कडा मेहनत गर्दछ जसको परिणमस्वरुप हाम्रो दिसा साह्रो आउने,कठिन हुने समस्या हुन्छ । दिभरमा तपाईले कमसेकम आठ गिलास पानी पिउनुपर्दछ । अध्ययनको अनुसार प्रयाप्त पानी पिउनाले कोलोरेक्टलको क्यान्सर र कब्जको समस्याको जोखीम कम हुने गर्दछ ।

फल र सब्जीको रस पिउनुहोस्

फल र सब्जीको रसमा फाइबर,यौगिक र प्राकृतिक सुगर सोर्बिटोल र फ्रुक्टोज जस्ता तत्व हुन्छन् जसले हाम्रो शरीरमा निरन्तर रुपमा काम गर्दछन् । त्यसैगरी पेटको सफाइको लागी स्याउ, नास्पती, केरा,अंगुर, र कागती पानी पिउने गर्नुहोस् । भनिन्छ कि सब्जी र फलफुलको रसमा फाइबर,पानी, र सबै तत्वहरु मिल्ने गर्दछन् ।

पेट सफा राख्ने आयुर्वेदिक उपाय
हर्रो : यदि तपाई आफ्नो शरीरको दुर्गन्धलार्य निकाल्न चाहानुहुन्छ भने तपाई हर्रोलाई प्रयोग गर्न शुरु गर्नुहोस् । आँतको नियमित सफाईको लागी हर्रो नियमित रुपमा प्रयोग गर्दा अत्यन्तै लाभकारी हुन्छ । हर्रोले पेटलाई सफा राख्नुको साथसाथै पायल्सको समस्यालाई पनि हटाउने काम गर्दछ ।

नुन मिसाएको पानी: दुई चम्चा समुद्री पानी या त बिरे नुन मनतातो पानीमा हालेर खाली पेटमा खाने गर्नुहोस् । यसले केही मिनेटमा नै तपाईको पेटभित्रको कामकाजलाई बढावा दिने काम गर्दछ । राम्रो नतिजाको लागी तपाईले यसलाई दिनमा दुईचोटि प्रयोग गर्नुपर्दछ ।

आँतलाई मजबुत राख्ने उपाय

आँपको पात : आँपको पाँत पेटलाई सफा राख्नको लागी अत्यन्तै फाइदाजनक हुन्छ । आँपको पाँतलाई दैनिक रुपमा सेवन गर्दा दिलसँग जोड्ने बिमारी लाग्न दिँदैन । यसको सेवनले किड्नी फोक्सो,लीवर,जस्ता खतरनाक समस्याहरुको जोखीम कम गराउँदछ । यसले हाम्रो विषाक्त अर्थात् फोहोर पिसाबलाई पनि बाहिर निकाल्नमा मदत गर्दछ।

कागती र मह : पेट र आँतको सफाइ गर्नको लागी ताँजा कागतीको रस, एक चम्चा मह र एक चिम्टी नुन लाई तातो पानीमा मिलाएर खाली पेटमा खानुहोस् । यसले तपाईको इम्युन सिस्टमलाई पनि मजबुत बनाउनमा गर्दछ।

More News last news
Loading...