काठमाडौँ । दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ। अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ। तर दुधका पनि आफ्नै सिमाहरु छन्।
जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ । यस्तै कुरा थाहा नपाएर हामी कति जना फुड पोइजनिङको शिकार पनि हुने गर्छौँ । दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौँ । आउनुहोस् जानौँ कुन कुन हुन् त ती चिज ?
कालो दालः कालो दालसँग दुध हामीले प्रायः दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ। यसले स्वास्थ्यलाई उल्टै असर गर्छ।
दहीः दहीसँग दुध दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस्। दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ।
मूला, माछामासुः मूला, माछामासु जस्ता पदार्थसँग दुध दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ।
नुन र करेलाः नुन र करेलासँग दुध दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन। यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ।
तिलको सेवनः तिलको सेवनसँग दुध दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ। यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ।
कागतीः कागतीसँग दुध दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ।
रहरको दालः रहरको दालसँग दुध रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन। यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको समस्या देखापर्न सक्छ।
नुनिलो खानेकुराः नुनिलो खानेकुराहरु सँग दुध दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस्। नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदा हाम्रो शरिरले लिन सक्दैन र छालासँग सम्बन्धित समस्याहरु देखा पर्न पनि सक्छन् ।
प्याजसँग दुधः प्याजसँग दुध खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला। यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन्।
खुर्सानी र मसलादार खानाः खुर्सानी र मसलादार खानासँग दुध खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला। यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता सम’स्याहरु आउन सक्छन्।
केरासँग दुधः केरासँग दुध रुघाखोकीको समस्या छ भने दुधको साथमा केरा नखानुहोला। यसले झनै खोकी बढाँउछ।
यी कुराहरु सँधै याद राख्नुहोला र सकेसम्म यी खानेकुराहरु खाए पछि दुध नपिउँनुहोला अथवा दुध पिएको केहिबेरमा नै यी खानेकुराहरु नखानुहोला।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
