काठमाडौँ । आमा बन्नु एक महिलाका लागि सबैभन्दा ठूलो सुख हुन्छ तर आजकालको जीवनशैली र खानपानसँग सम्बन्धित केही बानी महिलामा बाँझोपनका कारण बन्न सक्छ।
यसबाहेक शरीरमा हर्मोनल असन्तुलन भएका कारण पनि महिला बाँझोपनको शिकार हुने गर्छन्। यदि कोही महिा गर्भधारण गर्न असमर्थ हुन्छन् तब उनीहरुको मनमा डर र आशंका पैदा हुन थाल्छ। शंका भगाउनका लागि विशेषज्ञबाट महिलाले बाँझोपनको समस्याबाट पार पाउनका लागि के गर्ने भन्ने जानकारी लिऔं।
विशेषज्ञका अनुसार शरीरमा पोषक तत्वको कमी, शरीरको तौल, शारीरिक वा मानसिक तनाव, नशालु औषधीको प्रयोग आदि गर्दा महिलामा प्रजनन क्षमता प्रभावित हुने गर्छ। शोधका अनुसार धुम्रपान गर्नु पनि बाँझोपनको महत्वपूर्ण कारण बनिरहेको छ।
यसबाहेक गर्भनिरोधक गोलीको बारम्बार प्रयोग गर्दा पनि गर्भधारणमा समस्या निम्त्याउन सक्छ। यी औषधीले शरीरको प्राकृतिक हर्मोनको उत्पादनमा बाधा निम्त्याउँछ जसले गर्भपतनको खतरा बढाउँछ।
महिलामा बाँझोपनका विभिन्न कारण हुनसक्छन्। यदि कुनै महिलाको फ्यालोपियन ट्युबमा यौन रोग वा कुनै शल्यक्रियाका कारण संक्रमण हुन्छ भने यसले गर्भधारणको सम्भावना कम गर्ने गर्छ।
यसबाहेक एन्डोमेट्रियोसिस (त्यो स्थिति जसमा महिलालाई महिनावारीका बेला अत्यधिक पीडा हुनु) महिलामा बाँझोपनको सबैभन्दा सामान्य कारणमध्ये एक मानिन्छ। आजकालको व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै तनावमा हुनु पनि साधारण हो। यस्तोमा तनावमा महिलामा बाँझोपनको कारण बन्न सक्छ।
पिसिओएसका कारण पनि धेरैजसो महिला बाँझोपनको शिकार भइरहेका छन्। यो रोग लाग्दा फ्यालोपियन ट्युबमा सिस्ट बन्ने गर्छ जसका कारण महिलाले गर्भधारण गर्न सकिरहेका हुँदैनन्।
यो विकारमा अण्डाशयलाई अण्डाको उत्पादन गर्नबाट रोक्छ र ४० वर्षभन्दा कम उमेरका महिलामा एस्ट्रोजेन हर्मोन उत्पादन पनि कम गर्छ। यसबाहेक मोटोपना र अनियमित महिनावारी पनि महिलामा बाँझोपनको कारण बनिरहेको छ। विशेषज्ञका अनुसार महिला आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर इनफर्टिलिटीबाट बच्न सकिन्छ ।
आउनुहोस्, यसबारे जानकारी लिऔंः
मद्यपान र धुम्रपानले पनि महिलाको प्रजनन क्षमता प्रभावित गर्छ । त्यसैले महिलाले रक्सी, चुरोट नखान सल्लाह दिइन्छ।
बाँझोपनबाट बच्नका लागि महिलाले तनावरहित हुन निकै आवश्यक छ। नियमित रुपमा योगा, ध्यान र व्यायाम गर्दा पनि यो समस्याबाट पार पाउन मद्दत गर्छ। शरीरको कम तौल र मोटोपना पनि महिलामा ओभुलेसन विकार अर्थात् बाँझोपनको कारण बन्न सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
