यी मध्ये कुनै एक संकेत तपाईमा पनि देखिए ? सावधान ! हुनसक्छ सुगरको समस्या

काठमाडौँ । आधुनिक जीवनशैलीका कारण अहिले विश्वमा मधुमेहका बिरामी बढीरहेका छन्। नेपालमा पनि हरेक वर्ष मधुमेहका बिरामी बढ्दै गइरहेको तथ्याङ्कछ।

जुन व्यक्तिलाई मधुमेह हुने अधिक संभावना हुन्छ ति व्यक्तिमा पहिलेदेखि नै मधुमेहका लक्षणहरु देखिने गर्दछन्। तर हामीले जानकारी नपाएर अथवा बेवास्ता गरेका कारण मधुमेहका लक्षणहरु थाहा पाउदैनौँ। र समयमै उपचार नुहँदा मधुमेहको समस्या ठूलो बन्छ।

Advertisement

मधुमेहका प्रकार : मधुमेह एक प्राणघातक रोग हो भन्ने कुरा हामी सबैलाई थाहा छ । मुधुमेह विभिन्न प्रकारका हुन्छन् । टाइप १, टाइप २ र गेष्टेशनल मधुमेह। टाइप १ र टाइप २ प्राणघातक मधुमेह हो भने गेष्टेशनल मधुमेह गर्भावस्थाका बेला हुने गर्दछ जो बच्चा जन्मेपछि आफै हराएर जान्छ।

मधुमेहका लक्षणहरु : हुन त पानी धेरै पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ तर भरपूर मात्रामा पानी पिउँदा समेत प्यास धेरै लाग्ने गरेको छ भने यो चिन्ताको विषय हुन सक्छ।

जब हामीलाई मधुमेह हुन्छ त्यतीबेला चाहिने भन्दा धेरै शौचालय जानुपर्ने अवस्था आउँछ। धेरै पटक पिसाब फेर्दा त्यसले ब्लडस्ट्रीममा रहेको शुगर शरीरबाट बाहिर जान्छ र यो मधुमेहको लक्षण हुन सक्छ। यदि धेरैपटक शौच गइरहनुपर्छ भने तुरन्तै डाक्टरसँग जाँच गराउनु उत्तम हुन्छ।

यदि राम्रोसँग निन्द्रा पुगेको छ तर तपाईमा थकानको महसुस कायमै रहन्छ भने यो पनि चिन्ताको विषय हो। मधुमेह पीडित व्यक्तिको शरीरमा कार्बोहाइड्रेट सही किसिमले फैलन सक्दैन।

जसले खानाबाट पाइने शक्ति शरीरमा फैलन सक्दैन । शक्ति मिल्न नसक्दा शरीरमा थकान महसुस हुन्छ। यदि अत्यधिक थकान महसुस हुन्छ भने पनि यो महुमेहको लक्षण हुन सक्छ।

चाहिने भन्दा धेरै भोक लाग्नु पनि मधुमेहको लक्षण हुन सक्छ। इन्सुलिन प्रोडक्सनमा बाधा पुग्ने भएका कारण शरीरमा रहेको शुगर फैलन पाउँदैन जस कारणले धेरै भोक लाग्ने गर्दछ। यदि बिना कुनै कारण शरीरको तौल कम भइरहेको छ भने पनि डाक्टरसँग जाँच गराउनपर्छ किनभने तौल घट्नु पनि मधुमेहको लक्षण हुन सक्छ।

मधुमेहको लक्षण मध्येको एक यो पनि हो कि यस्ता बिरामीको आँखाको रोशनीमा फरक देखिन्छ र उज्यालो ठाउँमा पनि धमिलो देख्न सुरु हुन्छ। त्यसकारण समय समयमा आफ्नो ब्लड शुगरको जाँच गराउनुपर्छ।

मधुमेह पीडित व्यक्तिहरुको शरीरमा लागेको चोट छिट्टै निको हुँदैन। यदि शरीरमा लागेको चोट निको हुन धेरै समय लागीरहेको छ भने यो पनि मधुमेहको लक्षण हो। जब शरीरमा शुगरको मात्रा धेरै हुन्छ त्यसबेला ब्याक्टेरियल इन्फेक्शन धेरै हुन्छ। यि मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै डाक्टरकोमा गई जाँच गराउनु पर्छ।

More News last news
Loading...