काठमाडौँ । सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४८७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ।
मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११६ जनाको ज्यान गएको । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या संख्या ७ हजार १६३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले काठमाडौँ उपत्यकामा पूर्ण लकडाउनको घोषणा गरेको छ। कोरोना नियन्त्रणका लागि भन्दै प्रायजसो जिल्ला लकडाउन छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
