भेरी अस्पतालमा डाक्टर र नर्स कुट्ने तीन जनामाथि मुद्दा दर्ता

बाँके । भेरी अस्पताल नेपालगञ्जमा डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतमाथि मुद्दा दर्ता गरिएको हो।

Advertisement

भेरी अस्पतालमा दाङ तुलसीपुरका एक जना बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका परिवार र आफन्तले उपचारमा लापर्बाही भएको दाबी गर्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु, नर्सिङ कर्मचारी सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता अधिकारी र कविता पुनलाई लखेटेर हातपात गरेको, कुटपिट गरेको अस्पतालले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकमा घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिँदै सुरक्षा व्यवस्थापन गर्ने र डाक्टर र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काममा खटिन आग्रह गर्ने निर्णय गरेको छ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा गठित छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन पेस गर्ने भएको छ।

More News last news
Loading...