सबैलाई आफ्नो कपाल लामो र सुन्दर होस् भन्ने इच्छा हुन्छ । त्यसैले जोकोही व्यक्ति आफ्नो कपालको सौन्दर्य चम्काउन विभिन्न सौन्दर्य प्रशाधनका सामग्रीको प्रयोग गर्दछन्।
तर जुन पायो त्यही सौन्दर्य सामग्रीको प्रयोग गर्दा कपाल राम्रो हुनुको सट्टा झर्ने, टुक्रन, हांगा फाट्ने मात्र नभइ कपालको चमक नै हराउँछ। त्यसैले कपालको हेरविचारमा विशेष ध्यान दिनुपर्छ।आज हामी तपाईलाई कपाल बलियो बनाउने केही घरेलु उपायका बारेमा जानकारी दिनेछौँ ।
प्याज : प्याजमा एन्टिसेप्टिक गुण हुन्छ । प्याजको रस कपालमा लगाएर केही मिनेट पछि धुनाले कपाल बलियो र चम्किलो हुन्छ। खोइरो (एलोपेसिया) लागेका मानिसका लागि प्याजको रस कपालमा लगाउनु लभदायक हुन्छ।
गाजर : गाजरमा बेटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गाजर खाने मानिसको कपाल बाक्लो र चम्किलो हुन्छ। गाजरमा भिटामिन सी पनि पाइन्छ ।
जुन कपालको लागि एकदमै उपयुक्त हुन्छ।कपाललाई राम्रो बनाउनको लागि हरेक दिन एक गिलास गाजरको जुस खानु लाभदायी हुन्छ।
धनियाँ : प्रतिदिन एक गिलास धनियाँको जुस पिउने गर्नाले कपाल झर्ने समस्या कम हुँदै जान्छ। कपालमा धनियाँको जुस लगाएर पनि कपाललाई बलियो र चम्किलो बनाउँन सकिन्छ।
लसुन : लसुनको पेस्ट बनाएर कपालमा लगाउनाले कपाल झर्न कम हुन्छ र झरेको ठाउँमा कपाल आउन पनि सुरु हुन्छ। कपालमा लसुनको पेस्ट लगाउदा टाउकाको रक्तसञ्चारर तीव्र हुन्छ र कपालको जरा बलियो हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
