अत्यधिक तौल बढेका गर्भवतीले भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र ज्यानै जोखिममा

काठमाडौँ । मोटोपन एक आम समस्या बन्न पुगेको छ। धेरै मानिस मोटोपन समस्याबाट ग्रस्त छन्। महिलामा मोटोपन झनै बढी खतरापूर्ण हुन्छ। किनकी यसकै कारण गर्भावस्थामा कम्प्लिकेशन्स आउने खतरा हुन्छ।

गर्भावस्थामा अधिक तौल बढ्दा जेस्टेशनल डायबिटीज र प्रिक्लेप्सिया जस्ता जोखिमको खतरा बढ्छ। गर्भावस्थामा तौल अत्यधिक बढिरहेको भए आफ्नो डाइट बदल्नुपर्छ। तौल नियन्त्रण गर्ने खानेकुराको सेवन गर्नुपर्छ।

Advertisement

गर्भावस्थमा तौल अत्याधिक बढे क्यालोरी कम भएका खानेकुरा खानुपर्छ। पोषकतत्वले भरपुर तथा क्यालोरी कम भएका खानेकुरा डाइटमा सामेल गर्नु उपयुक्त हुन्छ।

प्रेगनेन्सी डाइटमा लो फ्याट युक्त दही, दुध, ताजा सागपात, फलफुल, घरमा बनेको सादा खाना, ब्राउन बेड, ब्राउन राइस जस्ता खानेकुरा खानुपर्छ।

खानाको आदत पूर्ण रुपमा बदल्न नसके पनि मात्रामा कन्ट्रोल गर्नुपर्छ। नर्मल कुकिङ आयलको साटो जैतुनको तेलको प्रयोग गर्नुपर्छ। अधिक फ्याट युक्त खाना खाँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्छ।

कम नुनिलो खानकुरा खाने। शरीरलाई सुख्खा हुन नदिन पानी र फलफुलको सेवन अन्य समय भन्दा बढी गर्ने।

अति ससालेदार खाना नखाने। र, नियमित शारीरिक व्यायम गर्नुपर्छ। जसले गर्दा आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यमा फाइदा पुग्छ।

More News last news
Loading...