प्रधानमन्त्रीमा देउवाको दाबी राष्ट्रपति कार्यालयमा दर्ता, एमालेका २७ सांसद्को पनि हस्ताक्षर

काठमाडौँ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी राष्ट्रपति कार्यालय शीतलनिवासमा दर्ता भएको छ।

१४९ सांसदको हस्ताक्षरसहित देउवा राष्ट्रपति कार्यालय पुगेका थिए। देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतलनिवास पुगेका थिए।

Advertisement

कांग्रेसका ६१, माओवादीका ४९, माधवकुमार नेपाल पक्षका २७ र जसपाका बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष १३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई १५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन्।

देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्ने यी हुन् एमालेका २७ सांसद

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका २७ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका छन्।

शुक्रबार दिउँसो उनीहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका हुन्। उनीहरूहित १४९ जना सांसदको हस्ताक्षर बोकेर देउवासिहतका शीर्ष नेताहरू राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।

शुक्रबार देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरू २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा अनुपस्थित थिए।

देउवाका पक्षमा हस्ताक्षर गर्ने एमालेका २७ सांसद :

१ योगेश भट्टराई
२ झलनाथ खनाल
३ पवित्रा निरौला खरेल
४ भवानी खापुङ
५ यज्ञराज सुनुवार
६ गणेश पहाडी
७ विरोध खतिवडा
८ कृष्णलाल महर्जन
९ माधवकुमार नेपाल
१० जीवनराम श्रेष्ठ
११ नारायण खतिवडा
१२ घनश्याम भुसाल
१३ गोकर्ण विष्ट
१४ सोमप्रसाद पाण्डे
१५ मेटमणी चौधरी
१६ झपट रावल
१७ भीमवहादुर रावल
१८ दिपकप्रकाश भट्ट
१९ सुरेन्द्र पाण्डे
२० रामकुमारी झाँक्री
२१ सरला यादव
२२ पुष्पाकुमारी कर्ण
२३ कल्याणी खड्का
२४ निरादेवी जैरु
२५ कलिला खान
२६ लक्ष्मीकुमारी चौधरी
२७ मुकुन्द न्यौपाने

More News last news
Loading...